back
NMB ad

असिनाले तरकारी खेतीमा क्षति

Kumari bank ad

डोटी । जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पु¥याएको छ ।

असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पु¥याएको हो । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलवार, हिजो बुधवार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पु¥याएको किसानको भनाइ छ ।

असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई किसानले आग्रह गरेको केआइसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताए । उनले भने, “वर्षातले बाली त सप्रिने आशा थियो, असिनाले तरकारी र तोरी खेतीमा क्षति पु¥याएको छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।” मङ्गलवारबाट मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा बुधवारसम्म हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

असिनाले यहाँका गाउँघरमा लगाइएका गोलभेडाखेतीमा समस्या गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। उनले भने, “उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भयो, अन्य क्षेत्रमा असिनाले क्षति गरेको भन्ने खबर आएको छ, कति क्षति भयो भन्ने एकीन भएको छैन् ।”

बुधवारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि आज (बिहीवार)बाट डोटीसहित यहाँका पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ । वर्षातले डोटीमा चिसो बढेको छ । खप्तडस्थित झिग्राना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा असिना परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

वर्षात कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको शिखर नगरपालिका–१ का रमेश महराले जानकारी दिए । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

वि.सं.२०७७ पुस २३ बिहीवार १५:४५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...