back
NMB ad

आजदेखि चन्द्रागिरी हिल्सको आईपीओ विक्रीमा

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म रहेको छ ।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् ।

आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १०:५४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...