back
NMB ad

प्रादेशिक हवाई उडानलाई विकेन्द्रीकरण गरिने : पर्यटनमन्त्री ढकाल

Kumari bank ad

विराटनगर । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताउनुभएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा शनिवार विराटनगरमा आयोजित पर्यटन व्यवसायीका समस्या एवम् छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी गराउनुभयो ।

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढंगले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पु¥याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राख्नुभयो ।

मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले काठमाडौं, पोखरा, सौराहाको तुलनामा यस क्षेत्रमा पर्यटक कम आउने आफूले अुभव नगरेको चर्चा गर्दै पर्यटकीय क्षेत्रमा उनीहरुको बसाई लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छलफल कार्यक्रममा संगठनका अध्यक्ष भीम घिमिरे, संघका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गर्नुभएको थियो ।

वि.सं.२०७७ पुस २५ शनिवार १४:२९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...