back
NMB ad

आन्तरिक पर्यटक आकर्षित गर्दै मौला कालिका

Kumari bank ad

नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ ।

गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।

१६औँ शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताउनुभयो ।

मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उहाँले बताउनुभयो । लामो समय बन्द भएको धार्मिक गतिविधि पुनः सञ्चालन हुँदा सोहीअनुसार भक्तजन मन्दिरमा आउन थालेका उहाँले बताउनुभयो ।

मन्दिरमा पूजाआजासँगै ‘मर्निङवाक’का लागि समेत स्थानीयवासी आउने गरेको सापकोटाले बताउनुभयो । करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भन्नुभयो, “मन्दिरमा पुग्नका लागि एक हजार ८८२ खुट्किला चढ्नुपर्छ ।” मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुलाई सहजता थपिएको उहाँको भनाइ छ ।

मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पु¥याउन हामीले पदमार्ग निर्माण गरेका हौँ”, पौडेलले भन्नुभयो, “पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरीसमेत छोटिएको छ ।”

पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्नका लागि नारायणगढ भएर जानुपर्ने बाध्यता रहेको भन्दै पौडेलले भन्नुभयो, “अब त्यो झन्झट गर्नुपर्दैन ।

उहाँहरु देवघाटबाट सिधै करिब साँढे तीन किलोमिटरको पैदलयात्रापछि मौला कालिका मन्दिर पुग्न सक्नुहुनेछ ।” पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन केही भए पनि मद्दत पुगेको उहाँको भनाइ छ ।

मौला कालिका मन्दिर पुगेर दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढा–टाढाबाट तीर्थयात्री आउने गरेका छन् । बाँकेको कोहलपुरबाट मौला कालिका मन्दिर दर्शनका लागि आउनुभएका कृष्ण न्यौपानेले मन्दिर पुगेपछि आफ्नो मन हलुका भएको बताउनुभयो ।

सर्वसाधारणका लागि पुस १ गतेदेखि मन्दिर खुला गरिएको भए पनि आवश्यक स्वास्थ्य सतर्कताबिना मन्दिर प्रवेशमा निषेध गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मन्दिर प्रवेश गरेर दर्शन गर्नका लागि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वको दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत परिचालन गरिएको पौडेलले बताउनुभयो । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको पौडेलको भनाइ छ ।

वि.सं.२०७७ पुस २६ आइतवार १०:३१ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...