back
NMB ad

सिँचाइ सुविधा विस्तारपछि किसानमा नयाँ उत्साह

Kumari bank ad

महोत्तरी । सिँचाइ सुविधा विस्तारका लागि महोत्तरीको बर्दिवासमा एकसाथ सात डिपबोरिङ जडानको काम थालिएको छ ।

बर्दिवास नगरपालिका–२, ६, ७, ८, ९, १२ र १३ नं वडामा डिपबोरिङ जडानको काम एकसाथ थालिएको हो । बोरिङ जडानको शुभारम्भ नगरप्रमुख बिदुरकुमार कार्कीले बर्दिवास–८ हाथीलेटबाट हिजो (शनिवार) गरेका छन् । डिपबोरिङ जडान थालिएपछि किसानमा नयाँ उत्साह छाएको छ ।

पानी वितरण प्रणाली सुव्यवस्थित गर्नसक्दा १० इञ्चको बोरिङ पाइपबाट १०० बिघा जग्गा सिञ्चित हुने विज्ञको भनाइ छ । नेपाल सरकारले तराई समृद्धि कार्यक्रमअन्तर्गत सञ्चालन गरेको यो सिँचाइ कार्यक्रमबाट नहर(कुलोको पहुँच नभएको जग्गाका किसान लाभान्वित हुने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा)का इञ्जिनीयर रामेश्वर साहले बताए ।

यो कार्यालयले प्रदेश–२ का महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहितका चार जिल्लामा तराई समृद्धि कार्यक्रमअन्तर्गतको डिपबोरिङ जडानको संयोजन गर्दै आएको छ ।

बर्दिवास नगरक्षेत्रमा सिँचाइ सुविधा नभएर अपेक्षित उत्पादन लिन नसकेका किसान सरकारको यो अभियानबाट उत्साहित भएका छन् । शनिवार आफ्नो बस्तीमा डिपबोरिङ जडानको काम थालिएपछि हौसिएका बर्दिवास–८ हाथीलेटका किसान चेतबहादुर राना मगरले बोरिङ जडान सफल भए, आफ्नो ठाउँ कृषि फसलले हराभरा हुने भन्दै खुशी व्यक्त गरे । “हामी खेतीपातीमा पानीकै अभावले पीडित थियौँ, अब हाम्रो जीवन फेरिने छ”, रानाले भने ।

बर्दिवास नगर क्षेत्रको कूल ३१५/५७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३८र४ प्रतिशतमात्र खेतीयोग्य जग्गा छ । यसमध्ये पनि १० प्रतिशत पुगनपुग जग्गामा मात्र कुलो/नहरको सुविधा रहेको छ ।

आफ्नो नगर क्षेत्रको यो अवस्थाभित्र डिपबोरिङ सिँचाइ सुविधा विस्तारका लागि अत्यन्त प्रभावकारी हुने नगरप्रमुख कार्की बताउछन् । “पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणका भू–भागमा डिपबोरिङ सफल हुने परीक्षणले देखाएको छ, यस भेगमा यो कार्यक्रम सघन बनाउन हामी लागिपरेका छौँ”, नगरप्रमुख कार्कीले भने, “राजमार्ग उत्तरका वडा नं ३, ४, ५, १० र ११ का पहाडी काछमा पनि डिपबोरिङ जडानका लागि जियोलोजिकल डाटा (भूमिको तल्लो सतहमा पानीको अवस्था परीक्षण गर्ने प्रणाली) गरेर सम्भावनाबारे अध्ययन गरी रहिएको कार्कीको भनाइ छ । यो काम भूमिगत जलसिँचाइ डिभिजन कार्यालय महोत्तरी जलेश्वरका विज्ञले गर्दै आएका छन् ।

पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण भेगको बर्दिवास–७ मा गत वर्ष एउटा डिपबोरिङ जडान सफल भएपछि यसपालि सातवटा प्रस्ताव स्वीकृत भएका हुन् ।

अब आउने आव २०७८/७९ का लागि अहिलेदेखि नै थप जडानका लागि प्रयत्न थालिएको कार्कीले बताए । तराईमा अहिले सञ्चालन गरिएको डिपबोरिङले प्रतिसेकेण्ड ४० लिटर पानी दिने गरेको विज्ञ बताउँछन् ।

यो पानीको प्रवाह व्यवस्थित गरिँदा सैद्धान्तिकरूपमा एउटा बोरिङले ६० बिघा सिञ्चित हुने मान्यता राखिए पनि १०० बिघासम्म हुनसक्ने कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा (धनुषा) का इञ्जिनीयर साह बताउछन् ।

भूमिको सतहभित्र १०० देखि १५० मिटरसम्म गहिरोमा पानीको राम्रो सतह भेटिने गरेको साहको भनाइ छ । अहिले यस्ता बोरिङ जडानमा मोटर व्यवस्थापनसहित एउटामा २५ लाखसम्म लागत देखिएको कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधाकै अभावले महोत्तरीमा आम किसानले अपेक्षित उत्पादन लिन नसकेका अवस्था छ । डिपबोरिङ जडानको सफलताले खासगरी जिल्लाको उत्तरी क्षेत्रमा कृषि उत्पादनमा नयाँ क्रान्ति नै आउने आम किसानले आश सँगालेका छन् ।

वि.सं.२०७७ पुस २६ आइतवार ११:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...