back
NMB ad

कटौती भयो शिक्षकको दरबन्दी !

Kumari bank ad

चितवन । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो ।

कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।

सुवेदीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दुई नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो ।

इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ । पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका छ शिक्षकलाई इच्छाकामना पठाइएको छ ।

यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरु रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकहरुलाई पालिकाले व्यवस्थापन गर्ने छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैँले आन्तरिक मिलान गरेका छन् ।

वि.सं.२०७७ पुस २७ सोमवार १०:३९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...