back
NMB ad

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

Kumari bank ad

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ ।

बागमती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

बागमती प्रदेश सरकार र गाउँपालिकाको दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिएका छन् । त्यस्तै उक्त गाउँपालिकाको ४० लाखको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उनले बताए ।

त्यहाँ पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ । यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ ।

अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उनले बताए । साथै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १०:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...