back
NMB ad

मंगलवारदेखि नागरिक लगानी कोषले ८२.८४ % हकप्रद शेयर विक्री खुला गर्ने

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले पुस २८ गतेदेखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा रू. १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले यो हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीले गत भदौ २२ गते बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको थियो ।

कम्पनीको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानीकोषको काठमाडौं, विराटनगर र पोखराको कार्यायबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यो हकप्रद माघ १९ गतेसम्म विक्रीमा रहनेछ । कोषको हकप्रद शेयरलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने इक्रा एनपी आइआर ए प्लस रेटिङ प्रदान गरेको छ ।

कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी रू. १ अर्ब ६४ करोड ७ लाख पुगेको छ । सोहि पूँजीको आधारमा कोषले हकप्रद विक्री गर्न लागेको हो ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:३८ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...