back
NMB ad

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ ।

आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै पौडेलले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले अबका दिनमा बागतमी प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ्चालित अस्पतालले प्रदेशका अन्य जिल्ला तथा प्रदेश नं २ का विभिन्न क्षेत्रका नागरिकलाई समेत सेवा प्रवाह गरेको बताउनुभयो ।

हेटौँडामा केही वर्षअघि देखि सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा सात श्ययाको सघन उपचार कक्ष, तीन श्ययाको पिआइसियु र एउटा साधारण आइसियु कक्ष स्थापना गरेको छ ।

अस्पतालले हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टरसमेत स्थापना गरेर काम शुरु गरेको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।

वि.सं.२०७७ पुस २९ बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...