back
NMB ad

सर्वमङ्गला क्याम्पसको नयाँ भवन शिलान्यास

Kumari bank ad

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको आज (बिहीवार) एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।

वाग्मती प्रदेश सरकारको ४० लाखको लागतमा निर्माण हुन लागेको सो भवनको वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिलान्यास गरेका हुन् ।

सो अवसरमा प्रदेश सभा सदस्य लम्सालले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधासम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पस परिवारले विद्यार्थीलाई आकर्षण गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिदैं उनले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवीलगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए ।

क्याम्पस प्रमुख जयराम अधिकारीले शौचालयसहित तीन कोठे एकतले भवन निर्माण हुने बताए । यसअघि पनि क्याम्पस भवन मर्मतसम्भारका लागि प्रदेश सभा सदस्य लम्सालको पहलमै प्रदेश सरकारले पहिलो वर्ष २० लाख र गत वर्ष ३० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...