काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ ।
बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई पुनः अध्यक्षमा चयन गरेको हो । सभाले ढकालको नेतृत्वमा ६ जना नयाँ संचालक समिति चयन गरेको छ ।
सभाले रामबहादुर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समिति र सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शनकृष्ण श्रेष्ठलाई चयन गरेको बैंकले जनाएको छ ।
ढकाल अध्यक्षमा चयन भएलगत्तै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ पनि लिइसक्नुभएको छ ।
बैंकको साधारणसभाले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । जसमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने भएको छ ।
वि.सं.२०७७ माघ १ बिहीवार १३:३४ मा प्रकाशित