back
NMB ad

अन्ततः फाल्गुन २ गतेसम्म सबै विद्यालय बन्द गरिने !

Kumari bank ad

बागलुङ । चिसो बढ्दै जाँदा बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ ।

 

 

 

सो क्षेत्रमा सञ्चालित सबै विद्यालयको पठनपाठन बन्द गरिएको छ । दिउँसोको समयमा चियो हावा चल्ने र विहान, साँझ र राती बढी चिसो हुँदा स्थानीवासीलाई घर बाहिरको काम गर्न पनि कठिन भएको ज्योति विकास आधारभूत विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।

चिसो बढ्दै गए पछि वर्षाको समय खेतीपाती, भेडा च्यांग्रा तथा भाईभैसी लिएर लेक गएका स्थानीय बेसी बोङगादोभान, बोवाङ झरेका छन् । अधिकारीचौरमा सञ्चालित विद्यालय हिउँ पर्ने समयमा हरेक वर्ष ४५ दिन बन्द हुन्छ । यसपालि पनि फाल्गुन २ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानध्यापक अदैको भनाइ छ ।

 

 

यसपाली ढोरपाटन क्षेत्रमा हिमात भएको छैन । ‘यस पटक विगतमा जस्तो चिसो छैन’ उहाँले भन्नुभयो–‘बिहान र बेलुकी चाहिँ कठिन छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको उहाँले बताउनुभयो ।

‘पानी जमेर धाराबाट आउँदैन’ उहाँले भन्नुभयो–‘तातो पानी खनाएपछि मात्र पानी बनेर बग्ने हो ।’ खोलामा जमेपछि ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारी, नेपाली सेना स्थानीयवासी जमेको खोलामा फोटो लिन पुग्ने गरेका छन् ।

बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ ।-गोरखापत्र अनलाइन

वि.सं.२०७७ माघ २ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...