back
NMB ad

बरङ्जा जोड्ने सडक आयोजना सञ्चालन

Kumari bank ad

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ मा पर्ने बरङ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरङ्जा सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको छ ।

विसं २०७५ मा गाउँपालिकाले ट्र्याक खोलेको पोक–सातबीसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ नं वडा कार्यालय हुदैँ ४ नं वडा कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोकबाट ज्यामिरे हुदैँ पहिरो खोरियासम्मको पहिलो खण्डको स्तरोन्नति भइसकेको छ ।

राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु दुई करोड ९९ लाख लागत अनुमान गरिएको आयोजनाको प्रदीप–जुम्ली जेभीले रु एक करोड ८३ लाख तीन हजार ५२४ मा २०७६ चैत ७ गते ठेक्का सम्झौता गरेको थियो ।

सम्झौतालगत्तै भएको लकडाउनका कारण म्याद थप भएको आयोजना पुस अन्तिम साता सकिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना र लकडाउनले प्रभावित बनायो”, उहाँले भन्नुभयो, “थप गरिएको छ महिनाको म्यादभित्रै ठेकेदारले काम सकेका छन् ।”

आयोजनामार्फत पोक, सातबीसे, ज्यामिरे र पहिरो खोरिया खण्डमा सडक विस्तार, सोलिङ, पर्खाल र नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । बाह्रै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित ग्रामीण क्षेत्रको नमूना सडक बनाएको उपाध्यक्ष केसीको दाबी छ ।

सातबीसेमा २०० मिटर डाइभर्सन सडक निर्माण गरिनुका साथै यसअघि तीनदेखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले बताउनुभयो ।

मापदण्डअनुसारको मोड र ग्रेड बनाइएको छ । विभिन्न ठाउँमा २५० मिटर पक्की नाली र २०० मिटर दूरीमा मेसेरेनरी पर्खाल निर्माण भएको छ । पञ्चानब्बे दशमलव ५३ घनमिटर सोलिङ, ६०।९६ घनमिटर पिसिसी ढलान, २२४ घनमिटर पक्की मेसेरेनरी पर्खाल र नाली, एक हजार ३४४ घनमिटर ग्यावियन जालीको पर्खाल लगाइएको छ ।

विस्तारका लागि सात हजार ८८१ घनमिटर माटो कटिङ र स्ट्रक्चरको फाउण्डेसनका लागि एक हजार २०६ घनमिटर कटिङ गरिएको छ । सम्झौतामा नभए पनि ब्याक फिलिङको काम ठेकेदार आफैँले गरेको छ ।

साविक बरङ्जा गाविसमा पर्ने ३ र ४ नं वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । यो सडकबाट एक हजारभन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

बाह्रै महिना नियमित बस सञ्चालन गर्ने लक्ष्यसहित सडक स्तरोन्नतिको आयोजनालाई निरन्तरता दिइएको अध्यक्ष रोकाले बताउनुभयो । उहाँले माटेबगर र अर्मनको सिमाना तथा फापरखेत र पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । यी दुईवटा पुल बनेमा बरङ्जा र अर्मन बाबियाचौरसँग सिधा सडक सञ्जालमा जोडिने छन् ।

बरङ्जा जोड्ने सडक आयोजनालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकबाट बुकेनीसम्मको दूरी छ किलोमिटर छ ।

योजना आयोग र गाउँपालिकाको साझेदारीमा यसपालि पनि रु तीन करोड ३४ लाखको लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । पहिरो र भूक्षय रोकथामका लागि विस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्युलगायत घाँसका बिरुवा रोप्ने योजना छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...