back
NMB ad

महाकाली पुल र सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्न भारत सहमत भएसँगै कञ्चनपुरबासी हर्षित

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन चार लेन महाकाली पुल र सडकलाई भारत आफ्नो राष्ट्रिय राजमार्गसँग जोड्न सहमत भएको खबरले जिल्लावासी हर्षित भएका छन् ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा दुई देशबीच भएका सहमतिबारे जानकारी दिने क्रममा महाकाली पुल र सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्न सहमत भएको खबर सुनेर आफूहरू ज्यादै खुसी भएको भीमदत्त नगरपालिका–१२ का टेकबहादुर कठायतले बताउनु भएको छ ।

यसले नेपालको सुदूरपश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको सडक सञ्जाल मजबुत हुनेमा स्थानीयहरू विश्वस्त रहेका छन् । कञ्चनपुरको महाकाली नदीमा २०७४ सालदेखि चार लेनको पक्की पुल निर्माण भइरहेको छ ।

तीन अर्ब २७ करोडको लागतमा निर्माण भइरहेको पुलको ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । निर्माणको काम अहिले पनि जारी रहेको छ ।

वि.सं.२०७७ माघ ४ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...