back
NMB ad

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने

Kumari bank ad

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ ।

कम्पनीको गत पुस २८ गतेको साधारणसभाले पारित गरेको नगद लाभांश माघ ५ गते (आज) देखि शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको हो ।

गत पुस २० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा कम्पनीको साधारणसभाले पारित गरेको ३.४ प्रतिशत नगद लाभांश आजदेखि बैंक खातामा जम्मा गरिदिने जानकारी गरिएको छ ।

उक्त मितिपश्चात् हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई अद्यावधिक गरेपछि मात्र लाभांश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

शेयर प्रमाणपत्र अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, पुस २० गतेसम्म आफ्नो शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए पश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिने छ ।

]सो मिति पश्चात कर्जा चुक्ता भूक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...