back
NMB ad

दोलखामा ८५ प्रतिशत निजी आवास पुन:र्निर्माण सम्पन्न

Kumari bank ad

दोलखा । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास मध्ये ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । जिल्लाका ५८ हजार ३८८ निजी आवास क्षति भएको थियो ।

सरकारी कार्यालय, सार्वजानिक भवन बाहेक निजी आवासको लागि हालसम्म १८ खर्ब ५३ करोड १४ लाख ५० हजार खर्च भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । विनासकारी भूकम्पले जिल्लामा १६० को निधन भएको थियो ।

भूकम्पमा ६०३ सख्त घाइते भएका थिए । भूकम्पले करिव ४१ अर्ब ७९ करोड, ८१ लाख १४ हजार, ६१४ बराबरको क्षति एकाइका निमित्त प्रमुख टीकाप्रसाद जोशीले जानकारी दिए ।

भूकम्पबाट जिल्लामा एक लाख १९ हजार ९६१ पुरुष र एक लाख १९ हजार ७७९ महिला प्राभावित भएका थिए । हालसम्म पुनर्निर्माण लाभग्राही ७० हजार ८८९ र रेट्रोफिटिङ लाभग्राही दुई हजार ६६८ मध्ये ६७ हजार २३० ले अनुदान सम्झौता गरिसकेका छन् ।

तीन हजार ३२७ जानको अनुदान सम्झौता हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित प्रमुख जोशीले जानकारी दिए । भूकम्पपीडितमध्ये पहिलो किस्ता ६९ हजार ५५१ जनाले दोस्रो किस्ता ६४ हजार ९५ र तेस्रो किस्ता ६१ हजार ७९३ ले लिएका छन् । जिल्लामा अनुदान फिर्ता गर्ने लाभग्राही १३५ रहेका छन् ।

पुनरावेदन दर्ता गर्ने लाभग्राही चार हजार १७ र जोखिम वर्गका लाभग्राही एक हजार १५१ रहेका छन् । स्थानीय सरकार बनेपछि भूकम्पपीडितले धेरै राहत पाएका छन् ।

भवन निमार्णपछि सरल र सहजरुपमा पहिलो दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिधिले सहयोग गरेको भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक घनुकेले जानकारी दिए ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...