back
NMB ad

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न

Kumari bank ad

म्याग्दी । म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६०२ जनाले आवास पुनर्निर्माण गरेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालका अनुसार ९८१ लाभग्राहीले रू. ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका छन् । ‘६६५ जनाले दोस्रो किस्ता लगेका छन्’, उनले भने, ‘सम्झौता गरेका ८३ जनाले अनुदान लगेका छैनन् ।’

सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनर्निर्माण शुरु नगर्नेलाई लाभग्राहीको सूचीबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कार्यालय प्रमुख ढकालले बताए । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनर्निर्माण शुरु गरिएको थियो ।

दोस्रो किस्तावापत डिपिसी गरेपछि रू. एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रू. एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

प्राविधिक आउनुअघि बनेका १४२ ओटा घरका धनीलाई गत वर्ष एकमुष्ट रू. दुई लाख ५० हजारका दरले भुक्तानी गरिएको थियो । उनीहरुले यसअघि रू. ५० हजारका दरले अनुदान लगेका थिए ।

छूट तथा पुनः सर्वेक्षणबाट थपिएका १८० जनामध्ये १४० जनासँग सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ मंसिर मसान्तसम्म सम्झौता र २०७७ पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान लगिसक्नुपर्ने समय तालिका बनाएको थियो ।

समयतालिकाअनुसार आवासको डिपिसी (जग बसाल्ने) काम सकेर दोस्रो किस्ताको लागि २०७७ माघ मसान्त र अन्तिम तथा तेस्रो किस्ता भुक्तानीका लागि २०७८ वैशाख मसान्तभित्र स्थानीय तहमा निवेदन पेश गर्नुपर्छ । विसं २०७३ पुसमा इञ्जिनीयरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षण गरिएकामध्ये ९८१ लाभग्राही पहिचान भएका हुन् । पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन बाँकीको संख्या ३१६ छ । चार वर्षअघि अनुदान पाए पनि जग्गा व्यवस्थापनलगायत समस्याले गर्दा बल्ल अहिले घर पुनर्निर्माण शुरु गरेको अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेका डिलबहादुर राम्जालीले बताए ।

राम्जालीको कटुञ्जेस्थित घर भूकम्पले जीर्ण बनाएकाले ठूलोबगरमा जग्गा व्यवस्थापन गरेर नयाँ घर निर्माण शुरु गरेका छन् ।

पहिलो किस्ता लगेर घर पुनर्निर्माण शुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनर्निर्माणमा चुनौती देखिएको छ । ‘पुनर्निर्माण शुरु नगरेकालाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ’, कार्यालय प्रमुख ढकालले भने, ‘पहिलो र दोस्रो किस्ताको अनुदान लिनेको अन्तर घट्दै गएकाले आगामी वैशाख महीनाभित्र निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य पूरा हुने आशामा छौँ ।’

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप रू. दुई लाख उपलब्ध गराइएको छ ।

प्राधिकरणमार्फत सञ्चालित १८ दशमलव ५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म करीब ५० प्रतिशत भौतिक प्रगति भएको छ । पोखरेबगर–पाउद्वार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । २५ मिटर लामो पुल निर्माणको काम ठेक्का सम्झौता भएको एक वर्षपछि शुरु भएको हो ।

वि.सं.२०७७ माघ ७ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...