back
NMB ad

भीमसेन मन्दिर पुनर्निर्माणको काम ५५ प्रतिशत सम्पन्न

Kumari bank ad

ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनर्निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएको थियो ।

मन्दिरको दोस्रो तलासम्म दलिन राख्ने र गारो लगाउने काम सकिएको साइट इञ्जिनीयर प्रणाम होराले बताए । उनले भने, “मन्दिरको माथिल्लो दुई छाना लगाउन बाँकी छ । मन्दिरमा प्रयोग गरिने झ्याल र कार्नेश मर्मत भइसक्यो भने आवश्यक सम्पूर्ण सामग्री लगभग जोहो गरिसक्यौँ ।”

मन्दिरको दुई तलामा झिगटी लगाउन, माथिल्लो तलाका लागि टुँडाल अनि गजुर मर्मत र पाता सफा गर्ने काम भने बाँकी रहेको उनले बताए । स्थानीय जनता अघि बढेपछि गुणस्तरीय काम भइरहेको र काम पनि ५५ प्रतिशत सम्पन्न भइसकेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछयोंले बताए । उनले भने, “अबको ६ महिनाभित्रमा मन्दिर पुनर्निर्माणको काम सकिने छ ।” “हाम्रो सम्पदा हामी आफैँ बनाऔँ” भन्ने नारासाथ स्थानीय जनताले गाईको पुच्छरमा डोरी बाँधेर गजुर निकाली भत्काउन शुरु गरेपछि धमाधम पुनर्निर्माणको काम भइरहेको छ ।

मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन समयको भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

मन्दिर पुनर्निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट र मङ्गल टोल सुधार समितिलगायत विभिन्न संघसंस्थासमेत यसमा लागि परेका छन् । मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

पुनर्निर्माणका लागि एभरेष्ट बैंकले एक करोड, प्राइम बैंकले १० लाख, वाणिज्य बैंकले पाँच लाख, ललितपुर महानगरपालिकाले एक करोड र तदर्थ समितिका सदस्यले ९० हजार दिइसकेको संघका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराए । माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनःराख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन् । मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने जनाइएको छ ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...