back
NMB ad

तातोपानीबाट २० दिन आयात बन्द

Kumari bank ad

काठमाडौं । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ। चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि हुँदैन,’ उनले भने। गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुल मर्मत थालेको चीनले जानकारी दिएको छ।

बाढीले पुलका दुई स्पान (पिलर) का जग केही खोतलेको थियो। त्यही खोतलिएको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए। पुल पुनर्निर्माण भएको डेढ वर्षमै चीनले मर्मत थालेको हो।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो। २०७६ जेठबाट मात्र यो पुल सञ्चालनमा आएको थियो।नागरिक दैनिकबाट

वि.सं.२०७७ माघ ९ शुक्रवार ०८:५२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...