back
NMB ad

कर र राजस्व अब मोबाइलबाट

Kumari bank ad

रामेश्वर कार्की

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत भुक्तानी हुने कुनै पनि कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैङ्किङबाटै भुक्तानी गर्नसक्ने भएका छन् ।

यसका लागि बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस, खल्ती, आईएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैङ्कका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल राट्रिय, आईएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गर्नुभएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैङ्किङबाट सहजै भुक्तानी गर्नसक्ने छन् । यस्तै बैङ्कमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सक्ने जनाइएको छ । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ९ शुक्रवार ०८:५६ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...