back
NMB ad

६ महिनामा एकीकृत भन्सार जाँच चौकीद्वारा १८ अर्ब राजस्व संकलन

Kumari bank ad

मोरङ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा भन्सारले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम संकलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गएको वर्षमा सो अवधिमा २६ अर्ब पाँच लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्यमा १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व संकलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम संकलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आ.वमा गएको वर्षमा सो अवधिमा संकलित राजश्वभन्दा दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व संकलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए ।

उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व संकलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए ।

उनले विगतमा सो अवधिमा राजश्व संकलन गर्ने लक्ष्यको चालु आ.वमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै भएको बताए ।

कार्यालयले चालु आ.वको साउनमा दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा तीन अर्ब चार करोड ४२ हजार, मङ्सिरमा तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...