back
NMB ad

चन्द्रागिरी हिल्सकाे आईपीओको बाँडफाँट, कसले कति पाए ?

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । योग्य आवेदक १२ लाख ११ हजार ११५ मध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने यी मध्यकै दुई जनाले थप एक एक कित्ताका दरले पाएका छन् ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको थियो । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरीदको लागि आवेदन दिएका थिए ।

रितपूर्वक आवेदन दिएका १२ लाख ११ हजार ११५ जना आवेदकलाई मात्र बाँडफाँटमा सहभागी गराइएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरको माग भएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुगेको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ११:२० मा प्रकाशित

You can share this post!

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...