काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतवार(आज) सुनको भाउ घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैँयाले घटेको हो ।
शुक्रवार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज सामान्य गिरावट भएर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलामा ९२ हजार १ सय रुपैयाँ कायम भएकोक छ ।
त्यसैगरि आज चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ ११ आइतवार १०:४९ मा प्रकाशित