back
NMB ad

यसकारण २ गुणाले बढ्यो अरुण भ्याली हाइड्रोपावरको नाफा !

Kumari bank ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा २ गुणा बढी खुद नाफा गरेको छ ।

मंगलवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार यस वर्ष रू. ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ३ करोड ३६ लाख ८२ हजार थियो ।

यस वर्ष विद्युत विक्रीबाट गत वर्षभन्दा कम आम्दानी गरेपनि सञ्चालन नााफा बढेकाले कम्पनीको खुद नाफामा वृद्धि भएको हो । गत वर्ष रू. ४ करोड ७ लाख ६ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ४ लाख ३३ हजार मात्र यो आम्दानी गरेको छ । अन्य शीर्षकबाट भने कम्पनीको आम्दानी यो वर्ष बढेको छ ।

गत वर्ष रू. १ करोड ९३ लाख ८७ हजार अन्य शीर्षकबाट आम्दानी गरेको यो कम्पनीले यस वर्ष रू. ६ करोड ५३ लाख ९ हजार आम्दानी गरेको छ । जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा बढ्न टेवा मिलेको छ । गत वर्ष रू. ५ करोड ४ लाख ३३ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ७९ लाख ४१ हजार गरेको छ ।

७ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९९ करोड ८३ लाख २३ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३० दशमलव ४२ प्रतिशतले बढेर रू. १४ करोड ४३ लाख ६५ हजार पुगेको छ । गत वर्षसम्म कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ३० लाख १२ हजार र जगेडा कोष रकम रू. ११ करोड ६ लाख ९१ हजार थियो । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ४६ रहेको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...