काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले १३ औं वार्षिक साधारण सभा फागुन ७ गते गर्ने भएको छ । कम्पनीले सभा कम्पनीको रजिष्ट्रार कार्याल्य महाराजगञ्ज, काठमाडौंमा बेलुका ३ बजे गर्ने बताएको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७७ माघ १३ मंगलवार १३:५४ मा प्रकाशित