back
NMB ad

भर्खरै आयो यस्तो निर्णय : आउँदो शुक्रवारसम्म बिदा !

Kumari bank ad

लहान। विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको कथन छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ ।

निःशुल्क शिविरमा २४१ को जाँच

स्वास्थ्यचौकी गोलबजारमा आयोजना गरिएको आँखा र कानको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले जाँच गराएका छन् । स्वास्थ्य मन्त्रालयको सहयोगमा सगरमाथा चौधरी आँखा अस्पताल र स्वास्थ्यचौकीद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाको उपचार गरिएको स्वास्थ्यचौकी गोलबजारका प्रमुख सत्यनारायण यादवले जानकारी दिनुभयो ।

कानको ४७ र आँखाका १९४ बिरामीको उपचार गरिएको प्रमुख यादवले बताउनुभयो । सो क्रममा ७३ जनामा मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको जनाएको छ ।

तीन हजार ९३० लाई कोरोना खोप

पहिलो चरणमा सिरहाका तीन हजार ९३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने छ ।

कोरोनाविरुद्धको खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी आज बिहान ११ बजेबाट खोप लगाउन शुरु गरिने उहाँको भनाइ छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १०:५१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...