काठमाडौं । नेपाली बजारमा आज बुधबार सुुनको भाउ ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलानमा आज सुनको मुल्यमा भारी गिरावट आएको हो ।
आज छापावाला सुनको भाउ प्रतितोला ७ सय रुपैँयाले घटेर ९२ हजार १ सय रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
अघिल्लो दिन मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैंयामा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य भने ९१ हजार ६०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि ५ रुपैंया घटेर १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७७ माघ १४ बुधवार ११:३० मा प्रकाशित