back
NMB ad

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर

Kumari bank ad

एएफपी । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो ।

भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकम समेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धता व्यक्त भएको उल्लेख छ ।

शान्ति कोषबाट साहेल, मध्य एसिया, मध्य अमेरिका र बाल्कन क्षेत्र समेतका ५१ मुलुकमा विगत तीन वर्षदेखि शान्ति अभियान सञ्चालन भइरहेका छन् । यी कार्यक्रमका लागि तीन वर्षमा ३५ करोड ६० लाख खर्च भइसकेको छ ।

सन् २००६ मा स्थापित राष्ट्रसंघीय शान्ति निर्माण कोषका प्रमुख मार्क–आन्द्रे फ्रान्चले सन् २०२० देखि २०२४ सम्मका पाँच वर्षका लागि डेढ अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

फ्रान्चका अनुसार ३४ वटा मुलुकले कोषमा रकम दिएका छन् तर त्यसमध्ये ६० प्रतिशतभन्दा बढी रकम जर्मनी, स्वीडेन र बेलायतले उपलब्ध गराएका छन् ।

जर्मन विदेश मन्त्री हेको मासले आगामी दुई वर्षमा जर्मनीले कम्तीमा ६ करोड ८ लाख उपलब्ध गराउने बताए । राष्ट्रसंघका लागि फ्रान्सेली राजदूत निकोलास डी रिभियेराले आफ्नो मुलुकले ४५ लाख डलर योगदान गर्ने जानकारी गराएका छन् ।

वि.सं.२०७७ माघ १४ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...