back
NMB ad

लगानीकर्ताका लागि एक पछि अर्को अवसर : फेरि आउँदै छ ३१ करोड बराबरको आईपीओ !

Kumari bank ad

काठमाडौं । पुँजी बजारका लगानीकर्ताका लागि एक पछि अर्को अवसर सृजना भएको छ ।

 

सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । जसमा ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन हुने छ ।

सुपर मादी हाइड्रोपावरले कास्कीको साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ । आईपीओ निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्पज्योति ढुंगानाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो ।

यो आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ । आगामी २०७८ साल पुसभित्र विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ।

सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो ।  आगामी २०७८ साल पौष महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार ११:४३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...