back
NMB ad

अब प्रत्येक घरधुरीलाई ग्यास/चुलो दिने, यस्तो छ तयारी !

Kumari bank ad

जाजरकोट । दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ ।

दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिएकी छिन् । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।

सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिइन् ।

एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उनको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।

अत्यधिक चिसो रहेको यहाँ दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । उनले भने, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”

नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिए ।

प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी यहाँका महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधैँ खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।

ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिइन् । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।

प्रत्येक घरलाई ढुवानी अनुदानको पिठो

डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयवासीलाई घरपिच्छे एक(एक क्विन्टल पिठो ९मैदा० ढुवानीमा अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकामा करिब ४९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए ।

एक क्विन्टल पिठोमा सात हजार अनुदान दिइएको छ । बाँकी सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पु¥याउन १४ हजार लाग्छ ।

कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उनले बताए  । गाउँपालिकाले चालु आ.वमा पिठोमा अनुदान दिन ५० लाख छुट्याएको थियो । “ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ”,  अधिकृत पङ्गेनीले भने ।

यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन्  । तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताए । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएका उनले गुनासो गरे । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल १२ देखि २० हजारसम्ममा बिक्री हुने गर्दछ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १०:०२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...