back
NMB ad

रसुवागढी नाकाबाट आयात खुकुलो बनाउन आग्रह

Kumari bank ad

रसुवा । रसुवागढी नाकाबाट कारोवार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाई दिन आग्रह गरिएको छ ।

नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायीलाई परेको मर्का र राजश्वमा आएको कमीलाई ध्यानदिँदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ । कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौँ सवारी साधन चिनियाँ भूभागमै छोेड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेका बताइएको छ । चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लागत तयारका प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्स अध्यक्ष सञ्जीव अमात्यले बताए ।

थोरै परिमाणमा आयात भएका सामग्रीमा रेडिमेट कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

चालु आ.वको साउनदेखि हालसम्म एक हजार २२३ वटा मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापतको एक अर्ब ८१ करोड ६२ लाख, ६४ हजार ३३४ राजश्व संकलन भएकोे उनले बताए ।

गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कूल आठ अर्ब २७ लाख ७७ हजार राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार ११:३२ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...