back
NMB ad

भोलिदेखि तीन दिन बिदा दिने निर्णय !

Kumari bank ad

काठमाडौं । चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द (बिदा)  गर्ने निर्णय गरेको छ ।

 

 

केही दिन यता चिसो अत्यधिक बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरमा रहेका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द (बिदा)  गरेको हो ।

सोमबारदेखि तीन दिनका लागि सामुदायीक तथा निजी र धार्मिक विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगरपालीका शिक्षा शाखा प्रमुख गोरख थापाले बताए ।

‘घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरु बिदा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ,’ उनले भने । उपमहानगरभित्र सामुदायिकतर्फ ४३ र निजीतर्फ ८१ वटा विद्यालय छन् ।

बिहानैदेखि दिउँसोसम्म हुस्सु लाग्दा बालबालिकालाई विद्यालय आउनजान असहज हुने तथा स्कुलका गाडीसमेत सञ्चालन गर्न असहज भएको नगरस्तरीय प्याब्सनका अध्यक्ष विकास बज्रचाार्यले बताए ।

जिल्लामा २१३ वटा निजी विद्यालय छन् । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ । बाक्लो हुस्सुसँगै शीतलहर जिल्लामा जनजीवन प्रभावित भएको छ ।

आइतबार बिहानैदेखि हुस्सुसँगै शीत पर्न थालेको हो । शनिबारसम्म घाम लागे पनि आइतबार अचानक चिसो बढेको हो ।

वि.सं.२०७७ माघ १८ आइतवार १५:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...