back
NMB ad

बुद्ध विहार पुनर्निर्माण गर्न महानगरको थप ७० लाख अनुदान

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।

 

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिने क्रममा यस्ते बताउनु भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको थियो ।

 

‘जीर्ण, र क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा सकेसम्म यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य अनुरुप अनुदान उपलब्ध गराउँदै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं ।’

 

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन पनि आग्रह गर्नुभयो । ‘योजना लिएर आएको अवस्थामा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाकै आर्थिक सहयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुनर्निर्माण भइरहेको छ ।’

 

त्यस अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयर शाक्यसँग सहकार्य गरेर नै आफू अघि बढिरहेको जानकारी दिनुभयो ।

 

समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको बताउनुभयो।

 

विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ ।

 

विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो । पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुनर्निर्माण गर्ने समितिका सहसचिव सुनील महर्जनले जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ २५ आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...