back
NMB ad

योजना आयोगले सार्वजनिक गर्यो दिगो विकास लक्ष्य प्रतिवेदन, के-के देखिए बाधक ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन तथा स्थानियकरण स्रोत पुस्तिका सार्वजनिक गरेको छ । आयोगले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

आयोगका सदस्य मीन बहादुर शाहिले गरिबी निवारणमा जोड दिइएको बताउनु भएको छ । उहाँले यो प्रतिवेदनमा आर्थिक समृद्धिमा पनि ध्यान दिएको जानकारि गराउनु भयो । उहाँका अनुसार दिगो विकास लक्ष्य कार्यान्वयन गर्न स्थानिय तहको योजना तयार पारिएको छ ।

 

शाहीका अनुसार दिगो विकास लक्ष्यका सूचक धेरै भएकोले प्रगति अनुगमनगर्न केही समय लागेको छ । अहिले सरकारको पुँजीगत खर्च कम हुँदा दिगो विकासलक्ष्य हासिल गर्न समस्या भएको दिगो विकासलक्ष्य हासिल गर्न समस्या भएको छ । यस्तै कोरोना भाइरको कारण पनि दिगो बिकास लक्ष्यहरु हासिल गर्न चुनौती थपिएको छ । अहिले आयोगले दिगो बिकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहको योजना तर्जुमा गरिएको उहाँको भनाइ छ।

तथ्यांक आवश्यकता तथा उपलब्धताको आधारमा सूचकहरु पुनरावलोकन गरी प्राथमिकीकरण गर्ने, दिगो विकास लक्ष्य कार्यान्यवन गर्न आवश्यक थप श्रोतको परिचालन गर्ने काम पनि भइरहेको छ ।

 

क्षेत्रगत योजना, कार्यक्रममा दिगो विकास लक्ष्य समाहित गर्ने, प्रदेश र स्थानीय तहमा आन्तरिकीकरणमा तीब्रता दिने, निजी, सहकारी, नागरिक समाजसंगको साझेदारी बिस्तार गर्ने र उनीहरुको योगदानको ट्रयाकिंग गर्ने काम पनि जारी रहेको छ ।

आयोगले दिगो विकास लक्ष्यका लािग बजेट संकेतिकरणको प्रयोग प्रदेश र स्थानीय तहमा प्रभावकारीरुपमा लागु गर्न सुझाव दिएको छ । कोभिड-१९ को असरहरु न्यूनीकरण गर्न बनाइने रणनीतिहरु दिगो विकास लक्ष्य हासिल हुनेगरी बनाउनु पर्ने आयोगको सुझाव रहेको छ ।

 

दिगो विकास लक्ष्य प्राप्तिका लागि आयोगले चौधौं योजना देखि दिगो विकास लक्ष्यको आन्तरिकीकरण अगाडि बढाइएको छ। पन्ध्रौ योजनामा दिगो विकास लक्ष्यका सूचकलाई आन्तिरिकीकरण गरिएको छ भने तीनै तहका सरकारहरुमा दिगो विकास लक्ष्यको कार्यान्वयनलाई संस्थागत गर्ने प्रयास गरिएको शाहीको भनाइ छ ।

 

दिगो विकास लक्ष्य स्थानीयकरणका लागि श्रोत पुस्तिका तयार गरिएको, दिगो बिकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहको योजना तर्जुमा गरिएको छ ।

 

दिगो विकास लक्ष्यको अवस्था तथा मार्गचित्र २०१६–२०३० तयार भई कार्यान्वयनमा रहेको छ भने दिगो विकास लक्ष्यको कार्यान्वयन गर्न वित्तीय आवश्यकताको आंकलन तथा श्रोत रणनीति तयार गरिएको उहाँको भनाइ छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:२४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:१९

पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा...

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०७

त्रिवेणी (नवलपरासी), ३० वैशाख : पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका...

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०३

गोदावरी (ललितपुर), ३० वैशाख :आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:५७

काठमाडौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...