back
NMB ad

जिसस मकवानपुरद्धारा बकैया गाउँपालिकालाई बालमैत्री घोषणाको अनुमति प्रदान

Kumari bank ad

बिश्व अधिकारी,मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि औपचारीक रुपमा अनुमति प्रदान गरेको छ ।

आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकमा गाउँपालिकालाई जिल्लाको दोस्रो बालमैत्री अवलम्बन गर्ने स्थानीय तह घोषणाको अनुमति प्रदान गरिएको हो ।

जिसस प्रमुख खुलालले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेलगायत टोलीलाई बालमैत्री घोषणाको लागि योग्य भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिमका सुचकहरुमा घोषणा योग्य उपलब्धी हासिल गरि बालमैत्री स्थानीय तह कार्यविधि २०७० बमोजिमको प्रकृयाहरु पुरा गरेको अनुगमनबाट पुष्टि भएको हुँदा जिल्लाको दोस्रो बालमैत्री स्थानीय तहको रुपमा घोषणाका लागि अनुमति प्रदान गरिएको जिसस प्रमुख खुलालले बताउनुभयो ।

सो क्रममा उहाँले बालमैत्री घोषणाको सफलताको सफलताको शुभकामना शुभकामना व्यक्त गर्नुहुँदै बालमैत्री स्थानीय शासनको निरन्तरतासंगै समृद्ध बकैया निर्माणको शुभकामना समेत व्यक्त गर्नुभयो । बकैया गाउँपालिका आगामी माघ २९ गते बालमैत्री गाउँपालिका घोषणा हुने भएको छ ।

त्यस्तै बैठकले जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला स्तरीय स्थानीयतह फुटबल प्रतियोगिता सञ्चालन गर्ने र त्यसमा सबै स्थानीय तहको सहभागिता रहने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आगामी चैत्र महिनामा स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले जिससले नियमित रुपमा प्रकासन गर्दै आएको मकवानपुर नामक पुस्तक प्रकासनका लागि स्थानीय तहबाट विवरण सहितको सफलताका कथाहरु समावेस गर्ने हुँदा त्यसको विवरण उपलब्ध गराउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिल्ला फुटबल संघले आयोजना गर्ने राष्ट्रिय फुटबल प्रतियोगिता (गोल्डकप) मा जिल्लाका १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले फुटबल संघले आयोजना गर्ने सहिद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगितामा सहयोग गर्ने निर्णय गरेको हो । गोल्डकप सञ्चालनका लागि यस अघि नै जिल्लाका गाउँपालिकाहरुले ५ लाखका दरले र नगरपालिकाले १० लाख तथा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भए अनुसार रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, उपमेयर खड्ग गोपाली, बकैया गाउँपािलका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोत्तान, उपाध्यक्ष सुकुमाया थिङ्, मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपािलका उपाध्यक्ष पाबर्ती राना, बागमती गाउँपािलका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाल लगायतको सहभागिता थियो ।

वि.सं.२०७७ माघ २५ आइतवार १८:३७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...