back
NMB ad

११ एयरलायन्सलाई साढे ९ करोड बढी बक्यौता तिर्न प्राधिकरणको निर्देशन, नतिरे कालोसूचीमा राख्ने

Kumari bank ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ एयरलायन्सहरुलाई कम्पनीलाई साढे ९ करोड भन्दा बढी बक्यौता तिर्न निर्देशन दिएको छ । एक महिना भित्र ११ कम्पनीलाई ९ करोड ७८ लाख ७४ हजार ३३० रुपैयाँ तिर्न निर्देशन दिएको हो ।

एक महिना भित्रमा उक्त बक्यौता नतिरेको खण्डमा प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० को उपनियम (३) बमोजिम भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरसँग सम्बद्ध कुन किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने प्राधिकरणले जनाएको छ ।

यस्तै उक्त समयमा वक्यौता नतिरेको खण्डमा सञ्चालक, निजको एकाघरका परिवारको एंव जमानीमा बस्नेको जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने समेत प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार पटक पटक ताकेता गर्दा पनि शुल्क नबुझाउने कम्पनीह?मा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रीला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् ।

वि.सं.२०७७ माघ २६ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...