back
NMB ad

यी हुन् नेप्सेले कारोबार रोक्का गरेका विकास बैंक र माइक्रोफाइनान्स कम्पनी

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक वटा विकास बैंक र दुई वटा माइक्रोफाइनान्स सहित तीन वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

 

नेप्सेका अनुसार कर्णली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । धितोपत्र बोर्डमा समयमा नै बार्षिक प्रतिवेदन पेश नगर्ने भन्दै यी तीन कम्पनीको सेयर कारोबार रोक्का भएको हो । कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको कारण कारोबार रोक्का भएको हो ।

 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उप नियम (२) बमोजिम बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण र धितोपत्र सूचीकृत विनियमावली २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम नेप्सेमा पेश गरेको नपाइएको भन्दै कारोबार रोक्का भएको हो ।

साथै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) मा भएको व्यवस्था अनुसार माघ २५ गरेको निर्णयले तीन कम्पनीको कारोबार रोक्का भएको हो ।

वि.सं.२०७७ माघ २६ सोमवार १६:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...