back
NMB ad

नेपालमा बीमा व्यवसाय महंगो भयो, अब प्रतिस्पर्धी बनाउनुपर्छः महासंघ अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा बीमा समिति विस्तार भएको छ ।

 

समिति विस्तार गर्ने क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तिय तथा विमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू संतुलित र गहन हुनुपर्ने बताउनु भयो ।

 

बैंक तथा वित्तिय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने भन्दै त्यसको लागि हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु सुझाव दिनु भयो ।

 

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो ।

 

‘इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाई मार्फत नै समाधान गरि उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,अध्यक्ष गोल्छाले भन्नुभयो ‘यसमा हामी छिट्टै “मुभ” हुन्छौ ।’

 

अध्यक्ष गोल्छाले नेपालमा बीमा व्यवसाय तुलानात्मक रुपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भयो । बीमा व्यवसाय हेर्ने नियामक निकायसंग बसेर यस विषयमा छलफल आवश्यक रहेको उहँको भनाइ छ । समितिले आफना कार्यहरू गर्दा यी सबै इस्यूहरूमा विशेष ध्यान दिनुपर्ने सुझाव उहा“को थियो ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैकिङ क्षेत्र बीच तनावको अवस्था समेत आउने गरेको बताउनु भयो । विगतका यथार्थता हामी सबैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच बिचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोडदिनु भयो ।

 

उक्त समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता हुनुहुन्छ । समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाइर्“ र व्यवसायी प्रकाश तिवारी हुनुहुन्छ ।

 

समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १७:३० मा प्रकाशित

You can share this post!

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...