back
NMB ad

राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा घटाउने चर्चाको असर सेयर बजारमा, दोहोरो अंकको गिरावट

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जाको सिमा घटाउने चर्चा सँगै सेयर बजारमा गिरावट आएको छ ।

पछिल्लो समयमा बैंकहरुले सेयर धितोमा कर्जा बढाएका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह नभएपछि बैंकहरुले सेयर लगानीकर्तालाई बोलाएर नै कर्जा दिने गरेका छन् ।

 

जसले गर्दा पनि बजारको उछाल आउनुका साथै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । तर राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा हाल काम रहेको सेयर धितोकर्जाको सिमा ७० प्रतिशतकबाट घटाउने चर्चाले बजारमा गिरावट आएको बताइन थालेको छ । राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा घटाउने भनेपनि कति घटाउने भन्ने यकिन भएको छैन ।

 

आज साताको अन्तिम कारोबार दिन (बिहीवार) नेप्से १६ दशमलव ११ अंकले घट्को छ ।  आज आठ अर्ब ४१ करोड १७ लाख ३२ बराबरको कारोबार भएको छ । बैंकिङ समूहको उपसूचक १०.७९, विकास बैंक २०.१४ अंकले बढेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

 

सबैभन्दा बढी जीवन बीमा २१४.३९, निर्जीबन बीमा २०७.२२, माइक्रोफाइनान्स समूहको उपसूचक १२८.०५ अंकले घटेको छ । कारोबार रकमको आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था अग्रस्थनमा रहेको छ। संस्थाको ५६ करोड ६३ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र कुमारी बैंक रहेका छन् ।

 

कारोबारमा चन्द्रागिरी हिल्स, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्यालि हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने सपोर्ट माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्तको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १५:०६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...