back
NMB ad

एनआईसी एशिया बैंकको डेबिट कार्ड अब अनलाइनमार्फत ब्लक गर्न सक्ने, यस्तो छ व्यवस्था

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले डेबि कार्ड अब अनलाइन मार्फत ब्लक गर्न सकिने सुविधाले ल्याएको छ । बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ ।

 

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले  जुनसुकै स्थान  र समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा  ल्याएको हो ।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उक्त iServe भित्र Card Services मा क्लिक गरी सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत छ ।

यस सुविधाले ग्राहक महानुभावहरूलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ । विभिन्न अनलाईन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको iServe डिजिटल सेवा (https://iserve.nicasiabank.com) लाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको जनाएको छ ।

डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर ष्क्भचखभ लाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहक महानुभावहरूसामु ल्याएको छ ।

यसमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका अलावा बैंकले आफुलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरू iServe मार्फत गर्ने लक्ष्य लिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि बैंकले पछिल्लो पटक अनलाईनमार्फत बैंकिङ्ग सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...