back
NMB ad

मुलुक संघीयतामा गएपछि स्थानीय सरकारको आर्थिक अवस्था बलियो भयो : मन्त्री ठगुन्ना

Kumari bank ad

चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले मुलुक संघीयतामा गएपछि स्थानीय सरकारहरूको आर्थिक अवस्था बलियो भएको बताउनु भएको छ ।

 

चितवनको सौराहमा बागमती प्रदेशका कार्यकारी अधिकृतहरूको भेलामा मन्त्री ठगुन्नाले भन्नुभयो, ‘तर कतिपय स्थानीय तहमा सुशासनको समस्या र प्राप्त अधिकारको दुरुपयोगले अवस्था निकै चिन्ताजनक रहेको छ ।’ उहाँले त्यसअवसरमा स्थानीय तहलाई दिइएको संवैधानिक अधिकार विश्वमै उत्कृष्ट रहेको बताउनु भएको छ ।

 

‘संवैधानिक अधिकारका हिसाबले नेपाल विश्वमै उत्कृष्ट छ । विश्वका कयौँ संघीय मुलुकहरूलाई प्रदेश मातहत राखिएको छ । त्यसैले यो अवसरलाई हाम्रा स्थानीय सरकारहरूले उपयोग गर्नु पर्दछ ।’ त्यसक्रममा विकसित देशहरूमा पनि कानून बनाउने अधिकार स्थानीय तहलाई नरहेको उहाँले जानकारी गराउनु भयो ।

 

‘२०५४ सालमा म दार्चुला जिविसको सभापति हुँदा जिविस र जिल्लाभरका सबै गाविसको बजेट मुस्किलले १ करोड रुपैयाँ हुन्थ्यो । अहिले एउटै पालिकाले ६०/७० करोड रुपैयाँ बजेट परिचालन गर्छन्’, उहाँले भन्नुभयो, ‘यो उपलब्धि संघीयताले गर्दा भएको हो । त्यसैले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यले यो प्राप्त अधिकारको रक्षा गर्नुपर्दछ ।’

 

मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय सरकारहरूले सुशासनलाई जोड दिनुपर्ने बताउनुभयो । अर्यालले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये ३३ प्रतिशत स्थानीय तहको छ । यसले स्थानीय सरकारहरूमा आर्थिक सुशासनको अवस्था कमजोर रहेको देखाउँछ । त्यसैले सुशासनलाई कायम राख्न कुनै कसर बाँकी राख्न हुन्न ।’

वि.सं.२०७७ फागुन १ शनिवार ११:०४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...