back
NMB ad

प्रतितोला १२ सय रुपैँयाले घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो !

Kumari bank ad

काठामाडौं । माघ महिनामा सुनको भाउ ओरालो लागेको छ । माघ महिनाको अवधिभर सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैँयाले घटेको हो ।

माघ महिनाको पहिलो कारोबार दिन र महिनाको अन्त्यसम्मको तुलनामा छापावाला सुनको मूल्य समग्रमा गिरावट आएको हो ।

माघ महिनाको पहिलो कारोबार दिन ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो । महिनाको अन्त्यसम्म आउँदा ९० हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही महिना अगाडि एक लाख रुपैँया बढी पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य माघ महिना अवधिभर भने ओरालो लागेको छ ।महासंघका अनुसार समग्र माघको महिनाको तुलनामा सुनको भाउ २० गतेमात्र उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६ सयममा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने वृद्धि भएको छ । माघमहिनाको अन्त्यसम्म प्रतितोला ७५ रुपैँयाले बढेको महासंघले जानकारी दिएको छ । महिनाको पहिलो कोरोबार दिन १२ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

माघ ३० गते भने तोलाको १३ सय २० रुपैँयामा कारोबार भएको थियो । यस अवधिमा माघ १९ गते सबैभन्दा उच्च वृद्धि भएको महासंघले जनाएको छ । उक्त दिन चाँदीको भाउ प्रतितोला १४ सय रुपैँयामा कारोबार भएको थियो ।

वि.सं.२०७७ फागुन २ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...