काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । आज पनि छापावाला सुनको भाउ तोलामा १ सय रुपैँयाले घटेको हो ।
अघिल्लो दिन ९० हजार ८ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको भाउ आज घटेर ९० हजार ७ रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुनको भाउ पनि १ सय रुपैँयाले घटेर ९० हजार २ सय कायम गरिएको छ ।
त्यसैगरि सोमबार चाँदीको भाउ भने सामान्य उकालो लागेको छ । अघिल्लो दिन १३ सय ३५ मा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैँयाले बढेर १३ सय ४० कामय गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन ३ सोमवार १०:४८ मा प्रकाशित