काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजार राताम्मे भएको छ । लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजार राताम्मे भएको देखिएको छ ।
बिहीबार बजार मापन गर्ने सूचक ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ बिन्दुमा रोकिएको छ ।
२०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारको सुरुदेखि नै बजार ओरोलो लाग्ने क्रममा थियो । जुन अन्तिमसम्म पनि कायमनै रह्यो । यो दिनको कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।
बजारमा तिर्ब गिरावट आउँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ९० करोड ३५ लाख ६७ हजार ५७७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा नबिल बैंक रहेका छ भने तेस्रोमा नेशनल हाईड्रोपावर कम्पनी रहेको छ ।
बजारमा दोहोरो अंकको गिरावट हुँदा पनि चन्द्रागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाईड्रोपावर, सिटिजन्स म्यूचुअल फण्ड-१का लगानीकर्ताले कमाएका छन भने सनराइज म्यूचुअल फण्ड, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईएमइ जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
वि.सं.२०७७ फागुन १३ बिहीवार १५:१४ मा प्रकाशित