back
NMB ad

‘संयुक्त राष्ट्रसंघको सिफारिस, नेपाल विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नती’

Kumari bank ad

पराजन के.सी.

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेपाल एलडीसी (कम बिकशित देश) बाट माथि उक्लेको बताउनु भएको छ । अब नेपाल विकासोन्मुख राष्ट्रको सूचीमा रहेको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं बार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय राष्ट्रिय अधिवेशनमा मन्त्री ज्ञवालीले यस्तो जानकारी गराउनु भएको हो ।

गएराति बसेको संयुक्त राष्ट्र संघको बैठकले नेपालाई एलडीसीबाट माथि उक्लन सिफारिस गरेको जानकारी गराउनु भयो । उहाँले अब नेपाल अतिकम विकशित देशबाटबाट स्तरोन्नती भएको छ । उहाँले सन् २०३० सम्म नेपाल मध्यम आय भएको दशेको रुपमा चिनिने बताउनु भयो । उहाँका अनुसार अहिले नेपालसहित बंगलादेश र लाओसपनि एलडीसी माथी उक्लेको छ ।

कार्यक्रममा उहाँले संघलाई भन्सार तथा वाणिज्य नीतिले कुनै समस्या परेको भए त्यो समस्या समाधानको लागि अर्थ मन्त्रीसँग छलफल गर्ने र समस्या समाधान गर्ने जानकारी गराउनु भयो । उहाँले अहिले देशमा लगानीको बाताबरण रहेको भन्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानीगर्न समेत आग्रह गर्नुभयो । सरकारको स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति रहेको र त्यसै अनुसारको व्यवहार सरकारले नीजि क्षेत्रलाई गर्ने जानकारी गराउनु भयो । यो सरकारको नीति औद्योगिकीकरण तर्फ रहेको र परनिर्भरता कम गर्दै जाने तर्फ रहेको पनि उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष रामेश्वर पराजुलीले बार्षिक १६ अर्बको काराबोर गर्ने २५ हजारलाई रोजगारी दिएको, ५ सय उद्योगी भएको क्षेत्रलाई असहयोग गरेको धारणा राख्नु भयो । उहाँले सरकारले कागजको कर बढाउँदा भारत र चीनसँग प्रतिस्पर्धा गर्न समस्या भएको भन्दै यसमा पुनरावलोकन गर्न माग समेत गर्नुभयो ।

कोरोना प्रभावति उद्योगलाई सरकारले पुनकर्जा लगायतका सहुलियत दिएको भएपनि मसलन्द उद्योगीलाई बेवास्था गरेको बताउनु भयो । यस्ता उद्योगको संरक्षणमा राज्यले ध्यान नदिएको भन्दै आत्मनिर्भर भएको उद्योगको विषयमा सोच्ने समेत सरकारलाई आग्रह गर्नुभयो ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन १५ शनिवार १५:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...