back
NMB ad

आईएई नेपालको अध्यक्षमा सुशिल तण्डुकार

Kumari bank ad

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित हुनुभएको छ ।

शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।

आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास रहनुभएको छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।

कार्यक्रममा सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेशालाई व्यवस्थित ढंगले अगाडि बढाउनमा आईएईले नेतृत्व गर्ने र यसमा विभिन्न कम्पनीका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सबै सम्भव हुने धारणा राखेका थिए ।

आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । त्यसैगरी अन्य विभिन्न संस्थासँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ । आईएईले रोड साइड असिस्टेन्ट सर्भिसको लागि त्यधष्लन त्चगअप सञ्चालन गरेको छ ।

जसले बाटो भन्दा बाहिर फसेको, विग्रेको तथा दुर्घटना भएको गाडीलाई सजिलैसँग निकालेर सेवाग्राहीले चाहेको स्थानमा पु–याउने गर्छ ।

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल, नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डष्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेशागत संस्था हो ।

यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, युएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोन जस्ता संघ र महासंघसँग समेत बिगत लामो समय देखि सहकार्य गर्दै आइरहेको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार ११:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...