back
NMB ad

महासंघ र उद्योग विभागले ६ महिनाभित्र सबै उद्योगसँग सम्बन्धित तथ्यांक संकलन गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गर्नुभयो ।

डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसंग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् ।

आपसी सहमती अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुबै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर संचालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यस्तै विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ । सोही समिति मार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउंमा वसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैर सरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाई पर्न गएको यथार्थता बीच महासंघ र बिभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ । महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गर्नुभयो । महानिर्देशक भुषालले उद्योग विस्तार गर्न कहाँ समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमती महत्वपूर्ण पहल हुने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले आजको सहमती ऐतिहासिक भएको भन्दै उद्योगसंग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पु¥याउने विश्वास प्रकट गर्नुभयो ।

वि.सं.२०७७ फागुन १७ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...