back
NMB ad

सिएनआईको लक्ष्य: हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई डेढ लाख रोजगारी सिर्जना गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल-स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परिसंघले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई भेटी ‘मेक इन नेपाल-स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको छ ।

परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सुरु गरेको बताउनु भयो ।

परिसंघको यस अभियानमा सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने उहाँको भनाई छ । अभियानमा सरकारले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने उहाँको धारणा छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो । लोगो परिसंघ, नीजिक्षेत्र, सरकार विशेषको नभई देशको नै हुनु पर्ने उहाँको माग रहेको छ ।

मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले अगाडि सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको बताउनु भयो ।

अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने बताउनु भयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडि सारेको अवधारणा राम्रो रहेको भन्दै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने धारणा राख्नु भयो ।

अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताउनु भयो ।

आगामी बजेटमा यसलाई मूर्तरुप दिन सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने धारणा राख्नु भयो । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र नीजि क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडी बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १०:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...