back
NMB ad

यातायात व्यवस्था विभागले रोक्यो स्मार्ट लाइसेन्स छपाई

Kumari bank ad

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमती पत्र (लाइसेन्स) छपाईको कार्य तत्कालका लागि रोक्का गरेको छ ।
कार्ड अभाव भएपछि विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको जानकारी गराएको छ ।

कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो । मंसिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको उहाँको भनाइ छ । मंसिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको र अब विभागसँग ४० हजार थान मात्रै खाली कार्ड बाँकी रहेको भुसालको भनाइ छ ।

प्रवक्ता भुषालका अनुसार पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई मात्रै वितरण गर्ने तथा बाँकी एक डेढ महिना भित्र नयाँ कार्ड आउने र सहज हुने बताउनुभयो ।

विभागले २०७२ मङ्सिरदेखि कागजी लाइसेन्स वितरण रोकेर स्मार्ट लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत हालसम्म विभागले २० लाख कार्ड छपाई गरी यातायात कार्यालयहरूमा पठाइसकेको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन १८ मंगलवार ११:३९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...