back
NMB ad

नेपालका नदीमा पानीजहाज चलाएर भारतसँग जलमार्ग मार्फत व्यापार गर्न अध्ययन भएको छः मन्त्री नेम्वाङ

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज सञ्चालन गरि भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताउनु भएको छ ।

भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरिय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले यस्तो बताउनु भएको हो । उहाँले जल यातायात सम्बन्धि विभिन्न सन्धि सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाए अनुसार व्यवहारमा कार्यन्वयन गर्न तर्फ अग्रसर भएको बताउनु भयो ।

उहाँले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यायातात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडी बढाइएको बताउनु भयो । मन्त्री नेम्बाङ्गले नेपाल भूपरिवेष्टितबाट भूजडित देशको रुपमा विकसित भएको समेत उल्लेख गर्नु भयो ।

उहाँले जल यातायात सञ्चालन सम्बन्धि नेपालको प्रयास निक्कै पुरानो भएको बताउनु भयो । भन्नुभयो यो तपाईंको लागि आश्चर्यको विषय हुन सक्छ कि नेपालले पानीजहाज सम्बन्धी ऐन सन १९७१ पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज सञ्चालन हुन सकेन । निक्कै लामो समय पछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडी बढाएको छ । तीनदिनसम्म चल्ने मारिटाइम इण्डिया समिट २०२१ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नु भएको थियो ।

वि.सं.२०७७ फागुन १९ बुधवार १०:११ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...